नयाँ राजनीतिक समीकरणबारे रनभुल्लमा एकीकृत समाजवादी

हिमाल प्रेस २१ फागुन २०८० ११:२९
68
SHARES
नयाँ राजनीतिक समीकरणबारे रनभुल्लमा एकीकृत समाजवादी

काठमाडौँ- नयाँ राजनीतिक घटनाप्रति नेकपा एकीकृत समाजवादी अन्योलमा परेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई नसोधी गठबन्धन फेरबदल गरेको समाजवादीले जनाएको छ। ‘हामीलाई नयाँ राजनीतिक घटनाक्रम प्रति खास थाहा छैन,’ एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने,‘यो फेरबदलमा प्रचण्डले सल्लाह लिएनन्।’

उनले यसबारे निर्णय लिन सचिवालय बैठक बस्ने तयारी भइरहेको बताए।
पुरानो गठबन्धनमा समाजवादी पनि सहभागी थियो।

समाजवादीले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाएको थियो। तर अबको नयाँ गठबन्धनमा सरकारमा जाने-नजाने छलफल भइनसकेको समाजवादीले जनाएको छ।

आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने जानकारी दिए।

प्रकाशित: २१ फागुन २०८० ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast