एमालेको प्रश्‍न : ‘मन्त्रीलाई झन्डा, सिपाहीलाई डण्डा’ यही हो सुशासन ?

हिमाल प्रेस ६ फागुन २०८० ११:२८ | Sunday, February 18, 2024
एमालेको प्रश्‍न : ‘मन्त्रीलाई झन्डा, सिपाहीलाई डण्डा’ यही हो सुशासन ? महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेले वर्तमान सरकारलाई पशुपतिको साँढे जस्तो भएको आरोप लगाएको छ। आज प्रतिनिधिसभामा बोल्दै एमाले सचेतक महेश बर्तौलाले कसैलाई नटेर्ने र भ्रष्टाचारमा रहेकालाई बचाउन लागेको आरोप लगाए।

‘बालकुमारी घटनाका दोषी मन्त्री किन बर्खास्त हुँदैनन्। प्रधानमन्त्री सुशासनका कुरा गर्छन्। तर खोइ किन यो काम गर्दैनन्,’ बर्तौलाले भने,‘यस्तै अख्तियारले भ्रष्टाचार अभियोग लगाएका मन्त्री किन क्याबिनेटमा छन्?’ प्रधानमन्त्रीले सुशासनको कुरा गरे पनि व्यवहारमा लागु नभएको बताएका छन्।

‘बालकुमारी घटनामा मन्त्रीको संलग्नताको विषय छानबिन आयोगले दिइसकेको अवस्थामा मन्त्रीलाई झण्डा र सिपाहीलाई डण्डा हामीलाई मान्य छैन,’ बास्तोलाले भने। मन्त्री ज्वालालाई बर्खाप्त गर्न उनले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए ।

प्रकाशित: ६ फागुन २०८० ११:२८ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast