अनेरास्ववियु उपत्यका विशेष कमिटीको अध्यक्षमा न्यौपाने

हिमाल प्रेस २९ माघ २०८० ७:४० | Monday, February 12, 2024
अनेरास्ववियु उपत्यका विशेष कमिटीको अध्यक्षमा न्यौपाने

काठमाडौँ- नेकपा एमालेनिकट अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीको अध्यक्षमा विशाल न्यौपाने निर्वाचित भएका छन्।

शनिबारदेखि सुरु भएको कमिटीको प्रथम अधिवेशनबाट न्यौपाने निर्वाचित भएका हुन्। अधिवेशन नेपाल ल क्याम्पसमा भएको थियो।

विशाल न्यौपानेको नेतृत्वमा बनेको नयाँ कमिटीको उपाध्यक्षमा सौगातसशेन ढकाल, डम्बर खड्का, आदित्त बोहोरा निर्वाचित भए।

त्यस्तै सचिवमा सरोज महर्जनर सहसचिवमा प्रियन्का साउद, दीपकबहादुर बिष्ट र प्रशान्त डंगोल निर्वाचित हुँदा कोषाध्यक्ष सुदर्शन गौतम चुनिए।

प्रकाशित: २९ माघ २०८० ७:४० | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast