शिला कार्कीलाई एनसेल वुमन आइकन अवार्ड

हिमाल प्रेस ११ पुष २०७९ १७:३४ | Monday, December 26, 2022
शिला कार्कीलाई एनसेल वुमन आइकन अवार्ड

काठमाडौँ– यो वर्षको ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ। काठमाडौँमा आयोजित इन्फोडेभलपर्स आइसीटी अवार्डको ग्राण्ड फिनालेमा कार्कीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका महिलालाई हरेक वर्ष यो अवार्ड प्रदान गरिँदै आएको छ। वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रुपैयाँ प्रदान गरेको छ।

विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र हुवावेले क्लाउड सेवा पनि दिएको छ। दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाको योगदानलाई सम्मान र उत्प्रेरित गर्न एनसेलले ‘वुमन आइकन आइसीटी अवार्ड’ दिँदै आएको छ। गत वर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधानले उक्त अवार्ड पाएकी थिइन्।

नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्त्वपूर्ण भूमिका खलेकी कार्की पूर्वडीआईजीसमेत हुन्। उनले ‘सिस्टम एनालिस्ट’को रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सुरु गरेकी थिइन्। सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियाशील उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकी छन्।

प्रकाशित: ११ पुष २०७९ १७:३४ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast