काठमाडौँ- आईसीसी यू-१९ क्रिकेट विश्वकपको उपाधि हत्याउन आज (आइतबार) भारत र अष्ट्रेलिया आमनेसामने हुँदैछन्। दक्षिण अफ्रिकाको विलोमार पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।
पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया छैटौँ पटक फाइनलमा पुगेको हो भने चार पटक च्याम्पियन बन्ने दाउमा छ। दुवै टोलीले जित्ने दाबी गरेका छन्।
पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी यू-१९ विश्वकपको सर्वाधिक सफल टोली हो।
जारी विश्वकपमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो।
प्रकाशित: २८ माघ २०८० ७:४०
प्रतिक्रिया