संविधानले मर्मलाई आत्मसात् गर्नु सहिदको सम्मान : राष्ट्रपति

हिमाल प्रेस १६ माघ २०८० ७:१८ | Tuesday, January 30, 2024
संविधानले मर्मलाई आत्मसात् गर्नु सहिदको सम्मान : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै सहिदको सम्मान हुने बताएका छन् ।

सहिद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न सबैले आ–आफ्नातर्फबाट इमान्दारीका साथ उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिए।

महान् सहिदहरूको बलिदानले नै संविधानमार्फत मुलुकले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएको राष्ट्रपति पौडेलले उल्लेख गरे।

संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताए ।

प्रकाशित: १६ माघ २०८० ७:१८ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast