प्रदेश १ मा ६ जना सांसदले मातृभाषामा शपथ लिने

हिमाल प्रेस १० पुष २०७९ २०:४५ | Sunday, December 25, 2022
प्रदेश १ मा ६ जना सांसदले मातृभाषामा शपथ लिने

इटहरी– प्रदेश नम्बर १ मा ६ जना सांसदले मातृभाषामा शपथ लिने भएका छन्। प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका ५ जनाले मातृभाषामा शपथ लिने भएका हुन्।

प्रदेशसभा सचिवालयका अनुसार इलाम प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादी नेतृ पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, ताप्लेजुङ प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका खगेनसिं हांगाम, जनता समाजवादी पार्टीबाट निर्वाचित निर्मला लिम्बू, पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादीका कमल जबेगुले मातृभाषामा शपथ लिने भएका छन्।

यस्तै सुनसरी ३ बाट निर्वाचित कांग्रेसकी सुनिता चौधरीले समेत मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए। उनका अनुसार चौधरीबाहेकका सदस्यले लिम्बू भाषामा शपथ लिनुहुनेछ भने चौधरीले थारु भाषामा शपथ लिनेछन्।

मातृभाषामा शपथ लिन चाहने सदस्यलाई मातृ भाषामै शपथको व्यहोरा अनुवाद गरी बुझाउन प्रदेशसभा सचिवालयले पुस ५ गते सूचना जारी गरेको थियो। प्रदेश १ का सदस्यले भोलि (सोमबार) दिउँसो १:३० बजे शपथ लिने तय भएको छ।

प्रकाशित: १० पुष २०७९ २०:४५ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast