निर्माणका काममा सरकार असफल : शंकर पोखरेल

हिमाल प्रेस १३ माघ २०८० ११:४९ | Saturday, January 27, 2024
निर्माणका काममा सरकार असफल : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर।

बागलुङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास-निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्।

नेकपा एमाले बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए। उनले राजश्व संकलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए।

आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी संगठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे।

प्रकाशित: १३ माघ २०८० ११:४९ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast