आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

हिमाल प्रेस १२ माघ २०८० ६:४०
22
SHARES
आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमबारे नियमित जानकारी दिँदै महाशाखाले हिमाली भू-भागमा भने छिटपुट हिमपातको सम्भावना रहेको जनाएको छ।

त्यसैगरी महाशाखाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने पनि बताएको छ। चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र यो अझै कायम रहने जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाले राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया मौसम बदली रहने जनाएको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित: १२ माघ २०८० ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast