प्रतिनिधिमूलक तस्बिर।
पाटन- ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मंगलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले तीनैजनालाई दुई लाख ५० हजार घुससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रकाशित: १० माघ २०८० १२:३२ | Wednesday, January 24, 2024
प्रतिक्रिया



