काठमाडौँमा यस वर्षकै कम तापक्रम

हिमाल प्रेस ८ माघ २०८० १३:२३ | Monday, January 22, 2024
काठमाडौँमा यस वर्षकै कम तापक्रम काठमाडौँ उपत्यका। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताए।

यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो। उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीले झरेको हो। आज काठमाडौँ उपत्यकामा पारदर्शिता पनि घटेको छ। उनका अनुसार आज बढी चिसो अनुभव भएको छ।

बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ। उनले परदर्शिता तीन हजार मिटर रहेको बताए। यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो।

त्यसका कारण काठमाडौँमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ। चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ। लागेको घाम पनि न्यानो खालको छैन।

प्रकाशित: ८ माघ २०८० १३:२३ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast