आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

हिमाल प्रेस ५ माघ २०८० ६:५३
18
SHARES
आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना फाइल तस्बिर

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली भू-भागमा आज हिमपातको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा  माैसम सफा रहेको छ। यो समाचार तयारपार्दासम्म तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

मौसमविद्का अनुसार काठमाडौँ उपत्यकामा बिहान ५:४५ बजेको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो। दिउँसो १९ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ।

महाशाखाको भनाइमा राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित: ५ माघ २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast