साउदीको कम्पनीले ८ नेपालीलाई भन्यो तलब लिन सम्पर्कमा आउनू

हिमाल प्रेस ४ माघ २०८० १६:०६ | Thursday, January 18, 2024
साउदीको कम्पनीले ८ नेपालीलाई भन्यो तलब लिन सम्पर्कमा आउनू

काठमाडौँ- साउदी अरबको एक निर्माण कम्पनीले कोभिडको बेला नेपाल फर्किएका आफ्ना ८ कामदारलाई तलब लिन सम्पर्कमा आउन भनेको छ।

काम गरेबापतको रकम लिन बाँकी हुँदैनमा नेपाल फर्किएकाहरूलाई साउदी कन्ट्रक्सन डेभलपमेन्ट कम्पनीले सम्पर्कमा आउन भनेको हो। उक्त कम्पनीले राजदूतावासमार्फत सहजीकरण गरेर सम्पर्कमा आउन भनेको छ। सोहीअनुसार रियादस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ।

यी हुन तलब लिन बाँकी ८ नेपाली

सिरहाका सञ्जयकुमार यादव,सुरेसकुमार साह र बुद्ध मुखिया मलाह
नवलपरासीका बाबुराम केवट
खोटाङका प्रकाश गिरी
उदयपुरका देवबहादुर श्रेष्ठ
सुनसरीका भेगबहादुर राना मगर
तेह्रथुमका भिमप्रसाद दाहाल

प्रकाशित: ४ माघ २०८० १६:०६ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast