धरहरादेखि मेलम्चीसम्मका आयोजना द्रूत निर्माणका लागि रास्वपाको दबाब यात्रा

हिमाल प्रेस ४ माघ २०८० ११:५२ | Thursday, January 18, 2024
धरहरादेखि मेलम्चीसम्मका आयोजना द्रूत निर्माणका लागि रास्वपाको दबाब यात्रा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा गर्न २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको छ।

प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन्।

दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ । यसैगरी धरहरा र मेलम्ची खानेपानी आयोजना लगायत छन्।

विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको हो।

यसअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढ-बुटवल सडकखण्डमा पदयात्रा गरेको रास्वपाले थप आयोजनाहरुको सूची पनि सार्वजनिक गरेको हो।

प्रकाशित: ४ माघ २०८० ११:५२ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast