मधेस प्रदेशसभा : चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

हिमाल प्रेस ५ भदौ २०८३ १९:२४ | Friday, August 21, 2026
मधेस प्रदेशसभा : चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

काठमाडौँ- मधेश प्रदेशसभाको चालु सातौँ अधिवेशन शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु सातौँ अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुखले शुक्रबार राति १२ः०० बजेदेखि मधेश प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गरेको उल्लेख छ।

प्रदेशसभाको सातौँ अधिवेशन गत जेठ १ गतेदेखि सुरु भएको थियो।

अधिवेशन अन्त्यसँगै प्रदेशसभामा चालु अधिवेशनअन्तर्गत भइरहेका संसदीय गतिविधि औपचारिक रूपमा टुंगिनेछन्।

सरकारले आवश्यकताअनुसार आगामी अधिवेशन आह्वानका लागि पुनः संवैधानिक प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्थाअनुसार आगामी अधिवेशन आह्वान गरिने विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ५ भदौ २०८३ १९:२४ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast