संसद बैठकमा अनुपस्थित हुने रास्वपा सांसदले आवेदन दिनुपर्ने

हिमाल प्रेस १ भदौ २०८३ १९:०९ | Monday, August 17, 2026
10
SHARES
संसद बैठकमा अनुपस्थित हुने रास्वपा सांसदले आवेदन दिनुपर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सांसदको अनुपस्थिति तथा बैठकबाट बाहिरिनुपर्ने कारणका लागि अनिवार्य रूपमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ।

रास्वपाद्वारा आफ्ना सांसदलाई पठाइएको निर्देशनअनुसार संसद् बैठकमा पूर्ण रूपमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बीचमा छाड्नुपर्ने वा बैठकका क्रममा बाहिर गएर पुनःफर्किनुपर्ने अवस्थामा ‘संसद् बैठक अनुपस्थित आवेदन फारम’ अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको हो।

पार्टीले कुनै कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने वा माथि तोकिएकामध्ये कुनै पनि अवस्था आएमा अनिवार्य रूपमा आवेदन पेस गर्न सांसदलाई निर्देशन दिएको छ।

यसका लागि पार्टीले अनलाइन आवेदन फारमको व्यवस्था गरेको रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

प्रकाशित: १ भदौ २०८३ १९:०९ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast