टाइगर कपमा महिलातर्फ नेपाल पुलिस, आर्मी तथा पुरुषतर्फ श्रीलंकाको टोली र टिप टप हेल्प नेपाल विजयी

हिमाल प्रेस २ माघ २०८० १८:३८ | Tuesday, January 16, 2024
टाइगर कपमा महिलातर्फ नेपाल पुलिस, आर्मी तथा पुरुषतर्फ श्रीलंकाको टोली र टिप टप हेल्प नेपाल विजयी

पोखरा– चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा पुरुषतर्फ श्रीलंका आर्मी टिम र टिप टप हेल्प नेपालले मंगलबारको खेल जितेका छन्। पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा सोमबारदेखि जारी प्रतियोगितामा मंगलबार महिलातर्फ नेपाल पुलिसले घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई सोझो सेटमा पाखा लगायो। तीन जना भारतीय खेलाडीसहित मैदान उत्रिएको गण्डकी पहिलो २ सेट नेपाल पुलिस क्लबलाई २५–१० र २५–९ सेटले जित सुम्पिएको थियो।

नेपाल महिला राष्ट्रिय टोली कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकी तेस्रो सेटमा केही लयमा फर्किने प्रयास गरे पनि अन्ततः २५–१६ मा पराजित भयो। टाइगर अफ दि म्याच नेपाल पुलिसकी उषा भण्डारी घोषित भइन्।

यो जितसँगै नेपाल पुलिस ४ अंकका साथ समूह बिको शीर्ष स्थानमा छ। यसअघि पुलिसले पहिलो खेल एपिएफसँग ३–१ ले पराजित हुँदै १ अंक जोडेको थियो।

यस्तै, त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हरायो। पहिलो आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि दोस्रो सेट २०–२५ ले गुमायो। आर्मी तेस्रो सेटमा हरियाणासँग १८–२५ ले स्तब्ध बन्यो। चौथो सेटमा आर्मी खेलमा फर्कदै २५–१७ र अन्तिम सेट १५–१२ ले जित निकाल्दै अन्तिम चारको सम्भावना जिवितै राखेको छ। आर्मीकी सोफिया पुन टाइगर अफ दि म्याच बनिन्।

उता, पुरुषतर्फ समूह ‘बी’ को खेलमा श्रीलंका आर्मी टिमले विभागीय एपिएफलाई ३–१ को सेटमा पराजित गरेको छ। पहिलो सेट २३–२५ ले पछि परेको श्रीलंका आर्मी खेलमा फर्किंदै लगातार ३ सेट आफ्नो पक्षमा पारेको हो। उसले पछिल्ला सेट २५–१९, २५–२१ र २५–१३ ले जित्दै ३ अंक जोडेको छ। श्रीलंकाका सजिथ केनुमारत्ने टाइगर म्याच अफ दि म्याच भए।

तीन जना पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबले त्रिभुवन आर्मीलाई ३–१ सेटमा हरायो। उसले २ अंक हात पारेको छ। २५–१८ र २५–२० ले जितेको हेल्प नेपालले तेस्रो सेट आर्मीलाई सुम्पे पनि चौथो सेट जितेको हो। ऊ तेस्रो सेटमा २५–२३ ले पराजित भएकोमा अन्तिम सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो। टिप टप हेल्प नेपालका माझर अली टाइगर अफ दि म्याच बने।

बुधबार लिग चरणका खेल जारी रहनेछन्। महिलातर्फ एपिएफ र गण्डकी प्रदेशबीच तथा न्यू डायमण्ड क्लब र हरियाणा पुलिस क्लबबीच खेल हुनेछ। पुरुषतर्फ नेपाल पुलिस र श्रीलंका आर्मी टिम तथा हेल्प नेपाल स्पोर्टस् र गण्डकी प्रदेश भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगिता ६ माघसम्म चल्नेछ।

प्रकाशित: २ माघ २०८० १८:३८ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast