यू- १९ विश्वकप : अभ्यास खेलमा नेपालसँग हार्‍यो स्कटल्याण्ड

हिमाल प्रेस २९ पुष २०८० ७:२३ | Sunday, January 14, 2024
यू- १९ विश्वकप : अभ्यास खेलमा नेपालसँग हार्‍यो स्कटल्याण्ड

काठमाडौँ- आईसीसी यू- १९ विश्वकपअघिको अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ। शनिबार राति भएको खेलमा नेपालले ‘डकवर्थ लेविस’ पद्धतिको आधारमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो।

दक्षिण अफ्रिकामा भएको खेलमा ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा ३ विकेटको क्षतिमा ९९ रन जोडेको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो।

वर्षा हुनुअघि नेपालका अर्जुन कुमाल ३३ तथा आकाश त्रिपाठी २९ रन बनाएर क्रिजमा थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले ४४ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११४ रन बनाएको थियो।

बलिङतर्फ नेपालका गुलशन झा र तिलक भण्डारीले तीन–तीन विकेट लिए। नेपालले अर्को वार्मअप खेल आगामी मंगलबार वेस्ट इण्डिजसँग जोहानेसबर्गमा खेल्नेछ।

प्रकाशित: २९ पुष २०८० ७:२३ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast