एपीएफलाई हराउँदै पुलिस राष्ट्रिय भलिबल च्याम्पियन

हिमाल प्रेस २६ पुष २०८० १५:४३ | Thursday, January 11, 2024
एपीएफलाई हराउँदै पुलिस राष्ट्रिय भलिबल च्याम्पियन

काठमाडौँ- नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। बिहीबार सुर्खेतमा भएको फाइनल खेलमा सशस्त्र प्रहरीको भलिबल टोलीलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो। जारी प्रतियोगितामा एपीएफ क्लबको पहिलो हार हो।

पुलिसले फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्‍यो। खेलको पहिलो सेट एपीएफले जिते पनि पछिल्ला तीन वटै सेटमा पुलिसले जित निकाल्यो र उपाधी उचाल्यो।

पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा बनायो। तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो।

चौथो सेटमा पनि पुलिसले २५–२३ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो। जितसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। बिहीबार नै विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्‍यो।

२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो। समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी थिए । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका थिए।

प्रकाशित: २६ पुष २०८० १५:४३ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast