चिसो बढेपछि महोत्तरी विद्यालय बन्द

हिमाल प्रेस २५ पुष २०८० ११:०२ | Wednesday, January 10, 2024
चिसो बढेपछि महोत्तरी विद्यालय बन्द

महोत्तरी- महोत्तरीमा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन्।

चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन्।

जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा, भंगहा, गौशाला, बर्दिबास नगरपालिकासहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन्।

जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन प्रभावित हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरेकोे बताए। उनका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन्। रासस

प्रकाशित: २५ पुष २०८० ११:०२ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast