काठमाडौँ- नेकपा एमालेले गण्डकी प्रदेशमा राष्ट्रियसभामा उम्मेदवारी दर्ता सकेको छ।
गण्डकी प्रदेशको केन्द्र पोखरामा आज अल्पसंख्यक तथा अपांगताबाट हेमन्त शेरचन (मुस्ताङ), महिलाबाट सम्झना देवकोटा, (गोरखा) र अन्यबाट चक्रबहादुर पराजुली( स्याङ्जा)ले उम्मेदवारी दिएका हुन्।
देशभर एक्लै लडेको एमालेले गण्डकीबाट रिक्त हुने सबै पदमा उम्मेदवारी दिएको हो। आउँदो माघ ८ मा राष्ट्रियसभाको चुनाव हुँदैछ।
प्रकाशित: २३ पुष २०८० १३:४९
प्रतिक्रिया