टाट पल्टिएको साउदीको कम्पनीले ५७१ नेपाली श्रमिकलाई तलब लिन बोलायो

हिमाल प्रेस १५ पुष २०८० १६:४२ | Sunday, December 31, 2023
टाट पल्टिएको साउदीको कम्पनीले ५७१ नेपाली श्रमिकलाई तलब लिन बोलायो

काठमाडौँ- साउदी अरबको मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेपछि तलब र सेवा, सुविधा नलिई बिदा भएकालाई सम्पर्कमा आउन भनेको छ। यो कम्पनीबाट ५७१ जना नेपाली श्रमिकले तलब तथा सेवा, सुविधाबापतको रकम लिन बाँकी छ। कम्पनीले तलबलगायत सुविधा नपाएका नेपाली श्रमिकको नाम सार्वजनिक गरेको छ।

कम्पनीले नेपाली कामदारहरूसँग सम्पर्क गराएर कम्पनीबाट पाउनु पर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ।

दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत कम्पनीको सन्देश सार्वजनिक गरेको छ।

राजदूतावासको सूचना 

 

सेवा सुविधा पाउन बाँकी नेपाली श्रमिकको नामावली

प्रकाशित: १५ पुष २०८० १६:४२ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast