बाजुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस १३ पुष २०८० ८:५३ | Friday, December 29, 2023
बाजुरामा जिप दुर्घटना हुँदा एकको मृत्यु

बाजुरा- गौमुल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-६ घर भएका जिप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटमुनाबाट सिया ढुंगा जाँदै गरेको से १ ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए।

उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रा.लि.का ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्।

जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ।

प्रकाशित: १३ पुष २०८० ८:५३ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast