झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

हिमाल प्रेस १३ पुष २०८० ८:०६ | Friday, December 29, 2023
झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु तस्बिर साभार : राष्ट्रिय प्रकृति संरक्षण कोष

इटहरी- झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जंगली हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका-११ का ४६ वर्षीय मेघराज राईको मृत्यु भएको हो।

घरमै सुतिरहेको बेला गएराति १ बजे उनलाई हात्तीले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरको आँटी भत्काएर हात्तीले राईलाई आक्रमण गरेको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमणबाट मृत्यु भएका राईको शव पोस्टमार्टमका लागि अस्पताल लगेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

पछिल्ला केही महिनायता कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा जंगली हात्तीले मानिसको ज्यानै लिएका घटना बढिरहेका छन्।

प्रकाशित: १३ पुष २०८० ८:०६ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast