फाइल तस्बिर।
महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ मा गएराति जंगली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार जंगली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा-२ की ६० वर्षीया लक्ष्मी डगौराको घटनास्थलमै मृत्यु भएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जंगली हात्तीको बथान पसेको थियो।
हात्तीको बथानले डगौराको घर भत्काउनुका साथै कुल्चेर लक्ष्मीको ज्यान गएको रानीपुरका स्थानीय छलिलाल डगौराले बताए।
उनका अनुसार घरमा लक्ष्मी र उनका श्रीमान् मोहन डगौरा सुतिरहेका बेला हात्तीको बथान आक्रमण गर्न पुगेको थियो।
मोहन भागेर ज्यान जोगाउन सफल भएका छन्। अहिले नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ।
प्रकाशित: २५ कार्तिक २०८३ १४:१६ | Wednesday, November 11, 2026
प्रतिक्रिया



