शुक्रबार धादिङमा सार्वजनिक सुनुवाइ गर्दै सांसद अर्याल

हिमाल प्रेस १२ पुष २०८० १८:४९ | Thursday, December 28, 2023
शुक्रबार धादिङमा सार्वजनिक सुनुवाइ गर्दै सांसद अर्याल

धादिङ– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले धादिङमा पहिलोपटक सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । आज (बिहीबार) धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै अर्यालले भोलि (शुक्रबार) साढे १२ बजे जिल्ला समन्वय समितिकोे हलमा सार्वजनिक सुनुवाइ हुने जानकारी दिएका हुन् ।

‘यो कार्यक्रम नितान्त जनप्रतिनिधिको कार्यक्रम हो, कुनै पार्टीसँग सम्बन्धित होइन,’ उनले भने। उनले जनप्रतिनिधि सबैको साझा हुने भएकाले सो कार्यक्रममा कुनै पनि दलसँग सम्बन्धित झण्डा, चिह्न वा संकेत प्रयोग नहुने बताएका छन्।

सांसद अर्यालले एउटै प्लेटफर्मबाट एउटै समयमा प्रश्नहरू सोध्न, सुझाव दिन पाइने भएकाले सम्पूर्ण धादिङवासीलाई कार्यक्रमका लागि आमन्त्रण गरे । ‘हामी ठीक १२ः३० मा कार्यक्रम सुरु गरेर ३ बजे सम्पन्न गर्ने तयारी गरेका छौँ,’ उनले भने।

नागरिकका चासो, गुनासा र सुझावमा सरकोरावालाले जबाफ दिने सकारात्मक अभ्यासलाई संस्थागत गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

कार्यक्रममा जिल्लास्थित सबै सरकारी निकायको प्रतिनिधित्व रहनेछ। सेवाग्राहीले विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षालगायतका विषयमा आफ्ना चासो, गुनासा, प्रश्न र सुझावहरू एकै ठाउँबाट प्रत्यक्ष राख्न पाउने सांसद अर्यालले बताए ।

नागरिकले सोधेका प्रश्नहरूको सांसद अर्यालसँगै सरोकारवाला निकायका प्रतिनिधिहरूले जबाफ दिनेछन् । साथै लिखित रूपमा पनि आफ्ना प्रश्नहरू राख्न सकिने अर्यालको सचिवालयले जनाएको छ।

प्रकाशित: १२ पुष २०८० १८:४९ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast