काठमाडौँ- थाइल्याण्डका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले राष्ट्रपतिबाट शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबीच वलीले राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।
शपथ समारोहमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो। राजदूतहरूले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रकाशित: १२ पुष २०८० १५:१२ | Thursday, December 28, 2023
प्रतिक्रिया





