एक साताभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

हिमाल प्रेस १२ पुष २०८० ११:५८ | Thursday, December 28, 2023
एक साताभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेले एक साताभित्र राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ।

केन्द्रीय कार्यालयले खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एकजना महिलासहित तीनजनाको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

माघ ११ मा १९ राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभामा एमालेका १७ सांसदमध्ये नौ सांसदको पद रिक्त हुँदैछ।

यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एमाले आठ सांसदमा मात्र सीमित हुनेछ। गठबन्धन भत्काउन असफल भए एमालेले ती सिट संख्या यो चुनावबाट गुमाउने सम्भावना प्रबल छ।

एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि सकिँदैछ।

प्रकाशित: १२ पुष २०८० ११:५८ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast