चैतभित्रै करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ११ पुष २०८० १०:०१ | Wednesday, December 27, 2023
चैतभित्रै करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै वर्षको चैतभित्र करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताएका छन्।

प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

‘सरकारी कार्यालय, संस्थान र प्रतिष्‍ठानहरूमा कार्यरत करार र ज्यालादारी कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदैछ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरूरी रहेको बताउँदै सात वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक संसदमा पेस गरिएको बताए।

उनले शिक्षा विधेयकका कमीकमजोरी सच्याएर छिट्टै पारित गर्ने प्रतिबद्धता जनाए।

उनले दुर्गम र दक्ष शिक्षकको अभाव भएका स्थानीय तहहरूमा रहेका विद्यालयहरूमा आगामी शैक्षिक वर्षदेखि नै सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गरिने पनि बताए।

प्रकाशित: ११ पुष २०८० १०:०१ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast