संक्रमणकालीन न्यायका विषयमा छलफल गर्न जुटे शीर्षनेता

हिमाल प्रेस ८ पुष २०८० ११:१८ | Sunday, December 24, 2023
संक्रमणकालीन न्यायका विषयमा छलफल गर्न जुटे शीर्षनेता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

आइतबार बिहान बालुवाटारमा सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार छलफलमा कांग्रेस सचेतक रमेश लेखक पनि सहभागी थिए।

प्रधानमन्त्रीसहित शीर्ष ने‍ताहरूबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न संसदमा विधेयक रहे पनि दलहरूबीच सहमति नहुँदा उक्त विधेयक अघि बढ्न सकेको छैन।

 

प्रकाशित: ८ पुष २०८० ११:१८ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast