पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु,चालक प्रहरीको नियन्त्रणमा

हिमाल प्रेस ६ पुष २०८० ८:३८ | Friday, December 22, 2023
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु,चालक प्रहरीको नियन्त्रणमा

पाल्पा- पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

रिब्दीकोट गाउँपालिका-२ लघुवामा बिहीबार बेलुका साढे आठ बजे रा १ ख २४०४ नम्बरको टिपर दुर्घटना हुँदा रिब्दीकोट-३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते ढकालको उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरीका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका-५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन्।

प्रहरीकाअनुसार उनीहरूको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ। चालकसहित चारजना सवार रहेको टिपर सडकबाट करिब १५० मिटर तल खसेको र चालक सकुशल रहेको प्रहरीको भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रण लिएको छ।

प्रकाशित: ६ पुष २०८० ८:३८ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast