यादवले बोलाए विद्यालय कर्मचारी स्थानीय परिषद् भेला

हिमाल प्रेस ३ पुष २०८० ९:४७ | Tuesday, December 19, 2023
यादवले बोलाए विद्यालय कर्मचारी स्थानीय परिषद् भेला नेपाल विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका अध्यक्ष मुकेश कुमार यादव।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका मोरङले स्थानीय परिषद् भेला डाकेको छ। जहदा कार्यसमिति अध्यक्ष मुकेश कुमार यादवले जहदा–५ स्थित दुर्गा माध्यमिक विद्यालयमा आगामी मंगलबार भेला बोलाएका हुन्।

विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको मंसिर १२ गतेको पत्र तथा मंसिर ३० गते बसेको जिल्ला कार्यसमिति र स्थानीय कार्यसमितिको संयुक्त बैठकले पुस १५ गतेभित्र स्थानीय परिषद् र २५ गतेभित्र जिल्ला परिषद् गर्नुपर्ने निर्णय गरेको थियो।

पुस १५ गतेभित्र स्थानीय परिषद् भेला गर्नुपर्ने भएकाले जहदा गाउँपालिका स्थानीय भेला डाकिएको अध्यक्ष यादवले जानकारी दिए।

उनी भन्छन्,‘तोकिएको समय (१२ बजे) भित्र स्थानीय कार्यसमिति परिषद् भेला सम्पन्न गर्नको लागि जहदा गाउँपालिकाअन्तर्गतको सम्पूर्ण विद्यालय कर्मचारी मित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित: ३ पुष २०८० ९:४७ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast