सरकारको आम्दानीभन्दा ६९ अर्ब बढी खर्च

हिमाल प्रेस १ पुष २०८० १४:४१
6
SHARES
सरकारको आम्दानीभन्दा ६९ अर्ब बढी खर्च अर्थ मन्त्रालय

काठमाडौँ- सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा आम्दानीभन्दा ६९ अर्ब ७१ करोड रुपैयाँ बढी खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउनदेखि मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी सरकारले राजस्व, कर तथा गैर कर र अनुदानबाट गरेको हो। सरकारको ५ महिनाको आम्दानी लक्ष्यको २६.०७ प्रतिशत छ।

यो अवधिमा सरकारी खर्च भने ४ खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ भएको छ। सरकारले ३ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ चालु खर्च गरेको छ। यो शीर्षकअन्तर्गत हुने खर्च दैनिक आवश्यकता र तलबभत्तामा हुन्छ। त्यस्तै पुँजीगत खर्च भने ३६ अर्ब ६ करोडमात्रै भएको छ। यस शीर्षकमा हुने खर्च विकास निर्माणका गतिविधिमा प्रयोग हुन्छ। वित्तीय हस्तान्तरणतर्फ ५६ अर्ब ९४ करोड खर्च भएको छ। यो शीर्षकको रकम तल्लो तहका सरकारमा जान्छ।

प्रकाशित: १ पुष २०८० १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =