यो सरकार कांग्रेसकै नेताले मन पराएका छैनन् : केपी ओली

हिमाल प्रेस २८ मंसिर २०८० १२:४२ | Thursday, December 14, 2023
यो सरकार कांग्रेसकै नेताले मन पराएका छैनन् : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन्।

बिहीबार एमालेको मध्यपहाडी संकल्प यात्रा अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सत्तामा रहेका कांग्रेसका नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे।

उनले कांग्रेसका नेताहरू अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे। उनले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए।

उनले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए।

‘हामीले परिकल्पना गरेको नै समृद्ध नेपाल र सुखी नेपाली हो। समृद्ध नेपाल र सुखी नेपाली बनाउने सन्दर्भमा हामीले मिसन ०८४ भनेका छौँ। त्यो मिसन ८४ जनताको मिसन ८४ हो। नेकपा एमालेले भनेको, नेकपा एमालेले नेतृत्व गरेको हो। तर मिसन ०८४ नेपालको मिसन ०८४ हो। नेपालीको हो,’ उनले भने, ‘नेकपा एमालेको सरकार बलजफ्ती देशी, विदेशी शक्तिबाट ढाइ वर्षअघि हटाइएपछि त्यस यता देशको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ। यो अवस्थालाई रोकेर नेपाली काँग्रेसकै नेताहरू पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर।’ अध्यक्ष ओलीले दिनदिनै देश ओरालो लागिरहेको जिकिर गरे।

प्रकाशित: २८ मंसिर २०८० १२:४२ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast