ब्राजिलका राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १ मंसिर २०७९ १२:०९ | Thursday, November 17, 2022
ब्राजिलका राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

नेपाली राजदूतावास ब्रासीलिया, ब्राजिलका अनुसार बुधबार आयोजित समारोहका बीच उपराष्ट्रपति एन्टोनियो ह्यामिल्टन मार्टिन्स्ले राजदूत काफ्लेको प्रमाणपत्र बुझेका हुन्। सो समारोहमा उपराष्ट्रपति मार्टिन्सले राजदूत काफ्लेलाई स्वागत गर्दै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने भूमिका खेल्न शुभकामना दिएका थिए।

उपराष्ट्रपति मार्टिन्स्ले ब्राजिलले नेपालको कृषि र नवीकरणीय ऊर्जामा सहकार्य गर्न तत्पर रहेको बताए। सोही कार्यक्रममा राजदूत काफ्लेले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले ब्राजिलका लागि पठाएको शुभकामना सुनाएका थिए।

काफ्लेले ब्राजिलको सरकार र सरोकारवालासँग मिलेर काम गर्ने तथा दुई देशको हितको लागि प्रतिबद्ध हुने धारणा राखेका थिए।

प्रकाशित: १ मंसिर २०७९ १२:०९ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast