गणतन्त्र नामको अहिलेको व्यवस्था असफल भइसक्यो : कमल थापा

हिमाल प्रेस २५ मंसिर २०८० १५:५३ | Monday, December 11, 2023
गणतन्त्र नामको अहिलेको व्यवस्था असफल भइसक्यो : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन्।  सोमबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उनको आरोप छ।

अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले यसको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दूराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे।

उनले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए।

उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दूराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए।

सफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा वृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित: २५ मंसिर २०८० १५:५३ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast