एमालेको समृद्धि यात्रा, आज पुष्पलालकै जन्मथलो पुग्दै

हिमाल प्रेस २५ मंसिर २०८० ८:३२ | Monday, December 11, 2023
एमालेको समृद्धि यात्रा, आज पुष्पलालकै जन्मथलो पुग्दै

काठमाडौँ- नेकपा एमालेले जारी राखेका पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित समृद्धि संकल्प यात्रा आज रामेछाप पुग्दैछ।

यात्राको १२ औँ दिनमा आज धुलिखेलबाट प्रस्थान गर्ने यात्रा टोली रामेछापमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान मन्थलीमा आएर बास बस्नेछ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार धुलिखेलबाट आजको यात्रा सिधै दोलखातर्फ जाने तयारी छ। दोलखा जाने क्रममा अध्यक्ष केपी शर्मा ओलीले दोलालघाट, खाडीचौर, खरीढुंगा, चरिकोट, किर्ने लगायतका ठाउँहरूमा स्थानीय बासिन्दाहरुसँग भेटघाट र अन्तरक्रिया गर्नेछन्।

आज बिहानको खाना चरिकोटमा हुनेछ। चरिकोटबाट फर्कदा पुष्पलालको जिल्ला रामेछापको मन्थली आउने कार्यक्रम छ। रामेछापमा अध्यक्ष ओली सहितका नेताहरुले संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धान्जली व्यक्त गर्नेछन्।

नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ। सोही अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो । यात्राका क्रममा पुराना कम्यूनिष्ट नेताहरुलाई ठाउँठाउँमा सम्मान पनि गरिएको छ।

मध्यपहाडको समृद्धि र विकासका लागि स्थानीयवासीहरूसँग अन्तरक्रिया गरिने यस कार्यक्रम मार्फत पहाडी क्षेत्रको तिव्र बसाइँसराई रोक्न नयाँ नीति ल्याउने एमालेको तयारी छ।

प्रकाशित: २५ मंसिर २०८० ८:३२ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast