एमालेको मध्यपहाडी यात्रा आजबाट पूर्वतिर

हिमाल प्रेस २४ मंसिर २०८० ८:३३ | Sunday, December 10, 2023
एमालेको मध्यपहाडी यात्रा आजबाट पूर्वतिर

काठमाडौँ- नेकपा एमालेले मध्यपहाडी यात्रा आजबाट पूर्वी नेपालतर्फ प्रस्थान गर्दैछ।

सदूरपश्चिमको बैतडी झुुलाघाटबाट सुरु भएको यात्रा शनिबार राति १० बजे मध्य नेपालको नुवाकोट आइपुगेको छ। नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आज नुवाकोटको बट्टारबाट अघि बढेको टोलीले बाहुनेपाटीमा बिहानको खाना खाने, छहरेमा भेटघाट र मण्डन,कुन्तावेसीमा आमसभा गर्ने तयारी छ।

आजको बासस्थान काभ्रेको धुलिखेलमा हुने प्रमुख गौतमले जानकारी दिए। आजको यात्रा ८२ किलोमिटर हुनेछ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ मंसिर १४ गतेबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यात्रा पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिने छ।

यस यात्रा मार्फत एमालेले मध्यपहाडको जनजीवनका समस्या, विकास निर्माणको अवस्था, बढ्दो बसाँइसराइ व्यवस्थापन आदिका बारेमा छलफल चलाइरहेको छ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि संकल्प यात्रामा छन्।

बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २४ मंसिर २०८० ८:३३ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast