कोरियाको सिप बिल्डङ परीक्षामा चार हजार उत्तीर्ण, ८१ प्रतिशत असफल

हिमाल प्रेस ११ मंसिर २०८० १५:१८ | Monday, November 27, 2023
कोरियाको सिप बिल्डङ परीक्षामा चार हजार उत्तीर्ण, ८१ प्रतिशत असफल

काठमाडौँ- ईपीएसमार्फत कोरियाले सिप बिल्डिङका लागि लिएको परीक्षामा ४ हजार ९८ जना  उत्तीर्ण भएका छन्। कोरियाको एचआरडी कोरियाले उत्तीर्ण भएका ४ हजार ९८ जनाको नाम पठाएको ईपीएस कोरिया शाखाले सोमबार जनाएको छ।

शाखाका अनुसार परीक्षामा ३० हजार ३५४ जना पुरुष र २ हजार १५३ महिला सहभागी थिए। परीक्षामा सामेलमध्ये ८१ प्रतिशत अनुत्तीर्ण भएको शाखाले जनाएको छ। असोज १ गतेबाट सञ्चालन भएको परीक्षा मंसिर ७ गतेसम्म चलेको थियो।

अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक हुनेछ। कोरिया सरकारले पहिलो पटक नेपालबाट सिप बिल्डङ क्षेत्रमा कामदार लैजान परीक्षा सञ्चालन गरेको ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए।

परीक्षामा सहभागी भएकामध्ये थोरै मात्र पास भएको उनले बताए। कोरिया सन् २०२४ मा सिप बिल्डङ क्षेत्रमा ५ हजार कामदार इपीएसमार्फत लैजाने कोटा छुट्याएको शाखाले जानकारी दियो।

प्रकाशित: ११ मंसिर २०८० १५:१८ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast