ललितपुर प्रशासनले पनि तोक्यो ६ महिनासम्मलाई निषेधित क्षेत्र

हिमाल प्रेस ५ मंसिर २०८० १७:२६ | Tuesday, November 21, 2023
ललितपुर प्रशासनले पनि तोक्यो ६ महिनासम्मलाई निषेधित क्षेत्र

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आज मंगलबार आदेश जारी गर्दै ललितपुरका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेका हुन्।  आदेश पत्रअनुसार पुल्चोकस्थित मन्त्री निवास, यूएन हाउस क्षेत्रमा हुलहुज्जत, प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिएको हो।

प्रजिअ पण्डितले जारी गरेको आदेशमा भनिएको छ, ‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।’

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि सोमबार आदेश जारी गरी माइतीघर-बानेश्वर क्षेत्रलाई एकमहिनासम्मलाई निषेधित क्षेत्र तोकेको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाई र नेकपा एमालेनिकट युवासंघको प्रदर्शनलाई लिएर हुन सक्ने सम्भावित दुर्घटनालाई टार्न प्रशासनहरूले निषेधित क्षेत्र तोकेको बताइएको छ।

मंसिर ७ गते दुवै समूहले काठमाडौँमा प्रदर्शन गर्दैछन्। पछिल्लो समय नेकपा एमाले र प्रसाईबीच सम्बन्ध चिसिएको छ।

प्रकाशित: ५ मंसिर २०८० १७:२६ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast