जथाभावी सडक खन्दा बागलुङमा मासियाे सम्पदा

हिमाल प्रेस ४ मंसिर २०८० १७:४६ | Monday, November 20, 2023
जथाभावी सडक खन्दा बागलुङमा मासियाे सम्पदा धर्मशाला

बागलुङ– बागलुङमा जथाभावी सडक खन्नाले मौलिक सम्पदा नष्ट भएका छन्। विकासका नाममा भएको ‘डोजरे विकास’ ले सम्पदा नष्ट गरिदिएको हो।

भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्वनै समाप्त भएको छ।

गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ। बागलुङका थुप्रै गाउँ पहिराेको उच्च जोखिममा छन्।

बागलुङको सबैभन्दा दुर्गम मानिने तमानखोला, ढोरपाटन र निसीखोलाबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा बर पिपलका चौतारा, ढुंगेधारा र धर्मशाला भेटिन्थे। सडक निर्माण क्रममा ती सबै पुरिए।

गाउँगाउँबाट एकै दिनमा सदरमुकाम आउन नसकिने र अहिलेको जस्तो ठाउँठाउँमा बास बस्ने होटल हुँदा आफूहरू धर्मशालामा बास बस्ने गरेको ढोरपाटनका ८७ वर्षीय मकरबहादुर पुनले बताए।

‘गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीहरूले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ, तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा बर पिपल रोप्ने, चौपारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन’ पुनले भने।

गाउँमा सडक आएपछि धेरै सहज भएपनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएको उनको गुनासो छ।

प्रकाशित: ४ मंसिर २०८० १७:४६ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast