टिकटक बन्द नगर्ने इन्टरनेट कम्पनीलाई कारबाही गर्ने सरकारको चेतावनी

हिमाल प्रेस २८ कार्तिक २०८० १९:०२ | Tuesday, November 14, 2023
टिकटक बन्द नगर्ने इन्टरनेट कम्पनीलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ- टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदाय कम्पनीलाई कारबाही गर्ने चेतावनी सरकारले दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयअनुसार दिइएको निर्देशन कार्यान्वयन नभएकाले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो।

मंगलबार सूचना प्रकाशित गर्दै प्राधिकरणले मन्त्रिपरिषद्को कार्तिक २७ गतेको निर्णयअनुसार सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिइए पनि केही कम्पनीले अझै बन्द नगरेको बताएको छ।

प्राधिकरणको निर्देशन पालना गर्नु सेवा प्रदायकको कर्तव्य रहेको उल्लेख गर्दै प्राधिकरणले पालना नगर्दा दूरसञ्चार ऐन २०५३को दफा ४७ अनुसार कारबाही अघि बढाइने सूचनामार्फत चेतावनी दिएको छ।

टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना

पार्टी प्रमुखहरू बसेर गर्ने लहडी सम्झौताको भारी हामी बोक्दैनौँ : गगन थापा

टिकटक बन्द गर्ने सरकारी निर्णयको प्रधानमन्त्री प्रचण्डले गरे बचाउ

 

 

प्रकाशित: २८ कार्तिक २०८० १९:०२ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast