दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त

हिमाल प्रेस ३२ असार २०८३ २०:३७ | Thursday, July 16, 2026
12
SHARES
दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन्।सूचना तथा सञ्चारमन्त्रीस्तरको बिहीबारको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य पदमा नियुक्त भएका हुन्।

नवनियुक्त सदस्यहरूको पदभार ग्रहणअघि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्देशन दिँदै प्राधिकरण दूरसञ्चार क्षेत्रको विकास, विस्तार तथा नियमनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निकाय भएकाले देश र जनतालाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।

उनले प्राधिकरणको नयाँ नेतृत्वको निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भावी दिशा निर्धारण गर्ने उल्लेख गर्दै जिम्मेवारीलाई उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ निर्वाह गर्न निर्देशन दिए।

प्रकाशित: ३२ असार २०८३ २०:३७ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast