सुदूरपश्चिमका नवनिर्वाचित प्रदेश सांसदको शपथ पुस ११ गते

हिमाल प्रेस ५ पुष २०७९ १६:२९ | Tuesday, December 20, 2022
सुदूरपश्चिमका नवनिर्वाचित प्रदेश सांसदको शपथ पुस ११ गते

धनगढी- सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गतेका लागि तय गरिएको छ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई पुस ११ गते पद तथा गोपनीयताको शपथ गराइने जानकारी दिए।

अछाम २ को (२) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश प्रमुखबाट सोही दिन शपथ लिनेछन्। त्यसपछि रावलले नै अन्य ५२ जना प्रदेशसभा सदस्यहरूलाई शपथ गराउने छन्।

प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यको स्वागतका लागि पुस ११ गते नै चियापान कार्यक्रमको पनि आयोजना गर्ने भएको छ।

निर्वाचन आयोगले पुस २ गते प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रदेश प्रमुख देवराज जोशीलाई बुझाएको थियो।

अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ। पद तथा गोपनीयताको शपथ गरेपछि बैठकको मिति तय गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित: ५ पुष २०७९ १६:२९ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast