सेवाग्राहीसँग आर्थिक लाभ लिएको देखिने भिडिओ सार्वजनिक भएपछि दुई ट्राफिक निलम्बनमा

हिमाल प्रेस १३ मंसिर २०८३ ९:३४ | Sunday, November 29, 2026
2
SHARE
सेवाग्राहीसँग आर्थिक लाभ लिएको देखिने भिडिओ सार्वजनिक भएपछि दुई ट्राफिक निलम्बनमा

काठमाडौँ- बाँकेमा सेवाग्राहीसँग आर्थिक लाभ लिएको देखिने भिडिओ सार्वजनिक भएपछि दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्।

निलम्बनमा पर्नेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र नेपालगन्जस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान टोपबहादुर खड्का छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले उनीहरूलाई मंसिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरेको हो।

कार्यालयका अनुसार मंसिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेका उनीहरूले सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडिओ मंसिर १० गते फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

भिडिओ सार्वजनिक भएपछि कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै दुवै प्रहरी कर्मचारीलाई निलम्बन गरेको जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सोही घटनाका सम्बन्धमा दुवै अस्थायी प्रहरी पोस्टका इन्चार्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गरी तीन जनालाई नेपाल प्रहरी प्रधान कार्यालयमा झिकाई थप अनुसन्धान भइरहेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८३ ९:३४ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast