एनपीएल : प्लेअफ पुगेको लुम्बिनी र प्लेअफ पुग्न संघर्ष गरिरहेको विराटनगर भिड्दै

हिमाल प्रेस २८ कार्तिक २०८३ ७:३८ | Saturday, November 14, 2026
एनपीएल : प्लेअफ पुगेको लुम्बिनी र प्लेअफ पुग्न संघर्ष गरिरहेको विराटनगर भिड्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले ६ खेल खेलेकोमा ४ मा जित र एकमा मात्र हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको थियो।

लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स,पोखरा एभेन्जेर्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने काठमान्डु गोर्खाजसँग पराजित भएको थियो। वर्षाका कारण चितवन राइनोजसँगको खेल भने रद्द हुँदा दुवै टिमले बराबरी अंक बाँडेको थियो।

विराटनगर अंक तालिकाको पाँचौं स्थानमा छ । उसका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ। प्लेअफमा पुग्ने बलियो सम्भावनाका साथ विराटनगर मैदानमा उत्रने छ । उसले अहिलेसम्म ६ खेल खेलेकोमा तीनमा जित र तीनमा हार बेहोरेको थियो। विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो। काठमान्डु गोर्खाज,चितवन राइनोज र कर्णाली याक्ससँग भने विराटनगर पराजित भएको थियो।

 

प्रकाशित: २८ कार्तिक २०८३ ७:३८ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast