काठमाडौँ- बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको वाग्मती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
खोटाङ घर भएका मोटसाइकल चालक रोशन राई भने घाइते भएका छन्। मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
प्रकाशित: २८ कार्तिक २०८३ ६:५७ | Saturday, November 14, 2026
प्रतिक्रिया



