कौडा खेलिरहेको अवस्थामा कागेश्वरीमा ३७ जना पक्राउ

हिमाल प्रेस २८ कार्तिक २०८३ ६:३८ | Saturday, November 14, 2026
कौडा खेलिरहेको अवस्थामा कागेश्वरीमा ३७ जना पक्राउ

काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।

गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट पाँच लाख ७८ हजार ५५५ रुपैयाँ र २६ वटा कौडा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २८ कार्तिक २०८३ ६:३८ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast