काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज कात्तिक २८ गते शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ। युरोपियन युरोलगायत अन्य विदेशी मुद्राको विनिमयदर भने लगातार तेस्रो दिन घटेको छ।
आज युरो १ को खरिददर १६६ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर १६७ रुपैया १० पैसा छ।
यसअघि शुक्रबार युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैया २७ पैसा थियो भने बिहीबार खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैया ३० पैसा थियो।
यसैगरी आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तोकिएको छ।
यसअघि शुक्रबार पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा थियो भने बिहीबार खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो। आज स्विस फ्रांक १ को खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ।



