मौसमी प्रणालीको प्रभाव छैन, हिमपातको सम्भावना छ : महाशाखा

हिमाल प्रेस ७ मंसिर २०८३ ६:२४ | Monday, November 23, 2026
मौसमी प्रणालीको प्रभाव छैन, हिमपातको सम्भावना छ : महाशाखा

काठमाडौँ- हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम विश्लेषणमा हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको जनाइएको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो तथा राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
प्रकाशित: ७ मंसिर २०८३ ६:२४ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast